मकवानपुर । जिल्ला युवा समिति धादिङको अध्यक्ष पदमा विनोद रिजाल मनोनीत भएका छन् । बागमती प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालयले २३ मंसिरमा रिजाललाई मनोनीत गरेको हो।
प्रदेश युवा परिषद् ऐन, २०७६ को दफा १३ को उपदफा (२) (क) बमोजिम तथा मन्त्रालय (माननीय मन्त्रिस्तर) को २०८१, २३ मंसिरको निर्णयानुसार उनलाई जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ।
प्रचलित नियम कानुनको अधिनमा रही जिल्लास्तरमा युवा सम्बन्धी योजना तथा कार्यक्रमको समन्वय, सहजीकरण र सञ्चालन गर्न ४ बर्षे कार्यकाल रहने गरि उनलाई जिम्मेवारी दिइएको बताइएको छ।
उनलाई प्रदेश युवा परिषद्को कार्यालय, हेटौंडालाई बोधार्थ दिँदै मनोनयन पत्र दिइएको छ।

प्रतिकृया दिनुहोस्

















