रुबिभ्यलीमा स्वास्थ शिवीर, स्वास्थ्य मन्त्रीद्वारा ग्रामीण अल्ट्रासाउन्ड मेसिन हस्तान्तरण

हेटौंडा ।  स्वास्थ्य मन्त्रालय, बागमती प्रदेश, जनस्वाथ्य कार्यालय धादिङको आयोजना र रुबीभ्याली गाउपालिकाको ब्यबस्थापन तथा समन्वयमा धादिङको विकट रुबीभ्याली गाउँपालिकामा ३ दिने स्वास्थ्य शिबिर सम्पन्न भएको छ । शिविरमा बिभिन्न रोगका बिशेषज्ञ सहितको डाक्टरहरुद्वारा चेकजाच तथा अन्य सेवाहरु प्रदान गरिएको छ ।

शिविरमा हार्डजोर्जी तथा नशारोग, स्त्रीरोग सम्बन्धी, भिडियो एक्सरे सेवा, दन्त चिकित्सा सेव, नेत्र चिकित्सक द्वारा आँखा परिक्षण तथा तथा उपचार सेवा, बालरोग उपचार तथा ब्यबास्थापन, जनरल फिजिसियन द्वारा परिक्षण तथा उपचार सेवा,आयुर्बेद सेवा, पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गर्ने,स्वास्थ्य आमा समुहमा पोषण मुख स्वास्थ्य तथा हातको सरसफाई बारे अन्तरक्रिया कार्यक्रम, विद्यालयको विद्यार्थीहरुको पोषण मुखको सरसफाई तथा हात धुने तरिकाबारे सिकाईरअन्तरक्रिया लगायतका सेवाहरु प्रदान गरिएको थियो ।

कार्यक्रमम ७३० जनाले उपचारात्मक सेवा पाएका थिए भने सेर्तुङ र तिप्लिङ गरि १२५ जना आमाहरुलाइ स्वास्थ्य शिक्षा दिइएको थियो त्यसै गरी १०५ जना विध्यार्थीहरुलाइ विभिन्न विषयमा स्वास्थ्य शिक्षा प्रदान गरिएको थियो ।बागमती प्रदेशका स्वास्थ मन्त्री किरण थापाको प्रमुख आतिथ्यता तथा रुबीभ्याली गाउँपालिका अध्यक्ष रामसिंह तामाङको अध्यक्षता कार्यक्रम भएको हो ।

कार्यक्रममा स्वास्थ्य मन्त्रीथापाले रुबिभ्याली गाउँपालिका लाई १ थान ग्रामिण अल्ट्रासाउन्ड मेसिन र २ थान अक्सिजन कन्सल्ट्रेटर हस्तान्तरण गरेको । कार्यक्रममा बोल्दै मन्त्री थापाले स्वास्थ्य सेवा दुर्गम देखी सुगम क्षेत्रमा पुर्याउने बताए । स्वस्थ्य सेवा हरेक नागरिकको अधिकार भएको भन्दै यसको बिस्तारमा मन्त्रालयले काम गरीरहेको बताए ।

कार्यक्रममा पुर्व मन्त्री एवम् प्रदेश सभा सदस्य डम्बर तामाङ, रुबीभ्याली गाउँपालिका उपाध्यक्ष फेलामा तामाङ, जनस्वास्थ्य प्रयोगशाला निर्देशक नारायण कार्की, बागमती प्रदेश स्वास्थ मन्त्रालयका चिकित्सक महाशाखाका प्रमुख डा . खगेश्वर गेलाल, धादिङ अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा . गगन अधिकारीलगायतको सहभागिता थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.