बागमतीमा अत्यावश्यकबाहेकका यातायात सेवा एक साताका लागि स्थगित

हेटौंडा । बागमती प्रदेश सरकारको उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयले यातायात क्षेत्रसँग सम्बन्धित प्रणालीमा प्राविधिक सुधार तथा नयाँ करका दर समायोजनको काम भइरहेकाले अत्यावश्यकबाहेकका सबै यातायातसम्बन्धी सेवा अस्थायी रूपमा स्थगित गरेको छ।

मन्त्रालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै यातायात व्यवस्था विभाग, मीनभवनको साउन सोमबारकै सूचनाअनुसार यातायात क्षेत्रका विभिन्न प्रणालीलाई थप व्यवस्थित र सेवाग्राहीमैत्री बनाउन डेटाबेस माइग्रेसन (Data Base Migration) तथा प्रदेश सरकारले निर्धारण गरेका नयाँ करका दर प्रणालीमा प्रविष्टि (Entry) र मिलान गर्ने कार्य भइरहेको जनाएको छ।

मन्त्रालयका अनुसार उक्त प्राविधिक कार्य सम्पन्न हुन करिब एक साताको समय लाग्ने अनुमान गरिएको छ। त्यस अवधिसम्म अत्यावश्यक सेवाबाहेकका अन्य सम्पूर्ण यातायातसम्बन्धी सेवा अर्को सूचना जारी नभएसम्म स्थगित रहनेछन्।

सेवाग्राहीलाई आवश्यक कामको योजना सोहीअनुसार बनाउन तथा मन्त्रालयबाट जारी हुने अर्को सूचनाको प्रतीक्षा गर्न मन्त्रालयले अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.