मकवानपुर बहुमुखी क्याम्पसमा नेविसंघ आन्दोलित
स्ववियु निर्वाचन समिति सचिवालयमा लगायो ताला

हेटौंडा । नेपाल विद्यार्थी संघ मकवानपुर बहुमुखी क्याम्पस इकाई समितीले स्ववियु निर्वाचन समितिको सचिवालयमा ताला लगाएको छ । संघले आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा बुद्ध बराम नेतृत्वको सङ्गठनलाई निर्वाचन प्रक्रियामा सहभागी गराउन माग गर्दै विहिबार आन्दोलित भएका हुन् ।

संघले उक्त मागसहित क्याम्पस प्रशासनलाई विज्ञप्ति समेत बुझाएको छ । संघले विज्ञप्ति मार्फत सहभागी हुन पाउने वातावरण बनाउन माग गर्दै सहायक क्याम्पस प्रमुख संगम चौलागाईलाई विज्ञप्ति बुझाइएको सभापति बरामले जानकारी दिए । संघले १९ फागुनमा बरामको नेतृत्वमा संगठन दर्ता गरेको थियो ।

बुधबार स्ववियु निर्वाचन समितिलले अध्यक्ष/सभापति तथा संयोजकको नामसहित ६ वटा संघ/संगठन तथा समुहको सूची प्रकाशन गरेको थियो । जसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (प्रसिद्ध रेग्मी), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (दिपेश कार्की), नेपाल विद्यार्थी संघ (सागर घिमिरे), अखिल (क्रान्तिकारी) (अभ्युदय खनाल), अखिल (समाजवादी) (निर्मला गोले) र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (समृत खतिवडा) रहेको समितिले जनाएको छ ।

यस्तै, आफ्नो नेतृत्वमा भएको संघलाई निर्वाचन प्रक्रियामा सहभागी हुन नपाउने उद्देश्यले निर्वाचन समितिले विभिन्न प्रकारको षड्यन्त्र गरी आफू नेतृत्वको संघको नाम हटाइएको सभापति बरामको आरोप छ ।  उनले आफू नेतृत्वको संघठनलाई निर्वाचन प्रक्रियामा सहभागी हुन पाउने वातावरण सृजना गर्न गरिएको मागलाई वेवास्ता गरी निर्वाचन प्रक्रिया अगाडि बढाएमा हुन सक्ने भावि घटनाको जिम्मेवारी स्वयम् निर्वाचन समिति तथा क्याम्पस प्रशासन हुने चेतावनी दिए । बराम वर्तमान स्ववियु सदस्य समेत हुन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.