मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका–८ सात्तलेमा शनिबार ईनार सफा गर्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
प्रहरीका अनुसार मृत्यु हुनेमा बागमती गाउँपालिका–८ ठोटरीखोला निवासी मिनबहादुर योञ्जन रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ।
उनका भतिज नबिन योञ्जन र भान्जा समिर वाइबा घाइते भएका छन्। घाइते दुवै जनालाई उपचारका लागि फापरबारी पठाइएको प्रहरीले जनाएको छ। स्थानीयका अनुसार ईनारभित्र अक्सिजनको अभावका कारण घटना भएको हुन सक्ने आशंका गरिएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
प्रतिकृया दिनुहोस्















