बकैया खोलामा डुबेर एक जनाको मृत्यु

file-photo

मकवानपुर । मकवानपुरको बकैया खोलामा डुबेर एक जनाको मृत्यु भएको छ। जिल्लाको बकैया गाउँपालिका–८ र ३ को सिमानामा पर्ने बकैया खोलामा हिजो वैशाख ७ गते दिउँसो करिब १ः५० बजे एक व्यक्ति डुबेको सूचना प्राप्त भएको थियो।

सूचना पाएपछि प्रहरी चौकी हात्तिसुडेबाट खटिएको टोली तत्काल घटनास्थल पुगेको थियो । प्रहरीको प्रारम्भिक विवरण अनुसार बकैया गाउँपालिका–९ च्याउच्या बस्ने अन्दाजी ३५ वर्षीय लाक्पा भोलन आफ्नी १० वर्षीया भतिजीसँग खोलामा गएका थिए ।

भतिजीलाई किनारमा राखेर उनी पौडी खेल्न खोलामा पसेका थिए। सोही क्रममा उनी डुबेर बेपत्ता भएका थिए। खोजी कार्यपछि उनको शव खोलाबाट निकालिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.