मकवानपुरमा भिरबाट लडेर एक महिलाको मृत्यु

file-photo

मकवानपुर । मकवानपुरमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिका–१४ नयाँबस्तिटोल निवासी ३५ वर्षीया सन्तोषी वाईवाको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

उनका अनुसार, हिजो चैत २८ गते बिहान करिब ९ः०० बजे उनी आफ्नै माइतीघर भीमफेदी गाउँपालिका–६ सिमलटार गएकी थिइन् । माइतीघरबाट करिब २०० मिटर दक्षिणतर्फ रहेको खहरे खोलानजिक घाँस काट्न जान्छु भनेर निस्किएकी उनी अबेरसम्म घर नफर्किएपछि परिवारले खोजी सुरु गरेको थियो।

खोजतलास गर्ने क्रममा सोही स्थानको भिरबाट करिब ५०–६० मिटर तल गम्भीर घाइते अवस्थामा फेला पारिएको थियो। उनलाई तत्काल उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा दिउँसो १२ः४० बजे अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका हुन्।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक बोगटीले बताए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.