हेटौंडा । उज्यालो नेपाल पार्टीले मकवानपुरको भीमफेदी गाउँपालिका–१ टौबासमा पहिलो पालिका बैठक गर्दै १९ सदस्यीय पालिका कमिटी गठन गरेको छ।
बैठकबाट आशिष अस्लामीको अध्यक्षतामा पालिका कमिटी गठन गरिएको हो। कमिटीको उपाध्यक्षमा रोशन घलान, सचिवमा सुदिप लामा, उपसचिवमा ल्हासा बुटी स्याङ्बा र कोषाध्यक्षमा युगेन घलान चयन भएका छन्।
कमिटी सदस्यमा राजिब परियार, भीमबहादुर थोकर, नारायण मोक्तान, टसी लामा, वीरबहादुर मोक्तान, प्रयास गोले, मानव तामाङ, रोहित गोले, दिनेश राना, विजय थीङ, प्रिया तामाङ, अम्मर सिंह वाइबा र सानुकान्छा घलान रहेका छन्।
बैठकले जितमान सिंह वाइबा र चन्द्र तितुङलाई पार्टीको पालिका सल्लाहकारमा मनोनीत गरेको छ। पार्टीले संगठन विस्तार र सदस्यता वितरणका लागि तीनमहिने अभियानसमेत सञ्चालन गर्ने निर्णय गरेको छ।
अभियानअन्तर्गत टोल भेला, वडा भेला तथा वडा कमिटी निर्माण गर्ने र प्रत्येक वडामा ८० भन्दा बढी सदस्यता वितरण गर्ने लक्ष्य राखिएको छ। तीनमहिने अभियानलाई महिला, युवा तथा अल्पसंख्यक समुदायमा केन्द्रित गर्ने पार्टीको योजना छ।
बैठकमा पार्टीको विचार र आगामी संगठनात्मक गतिविधिबारे समेत छलफल भएको थियो। पार्टीले ‘हरित क्रान्तिमार्फत नेपाली नागरिकको जीवन रूपान्तरण’, सुशासन, सामाजिक न्याय र संगठन विस्तारलाई आफ्नो प्राथमिकताका रूपमा अघि सारेको जनाएको छ।
उज्यालो नेपाल पार्टी बागमती प्रदेश कमिटीका सचिव रामप्रसाद कालाखेतीको प्रमुख आतिथ्यमा भएको बैठकमा प्रदेश कमिटी सदस्य बद्रीबहादुर स्याङतान र गोबिन्द भ्लोन, मकवानपुर जिल्ला अध्यक्ष इ. सुरेन्द्र लामा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा गत निर्वाचनका उम्मेदवार डा. प्रविण स्याङतानलगायत सहभागी थिए।
भीमफेदी–१ टौबासमा भएको बैठकमा ४९ जनाको उपस्थिति रहेको र सहभागीमध्ये अधिकांश युवा रहेको बताइएको छ । बैठक अस्लामीकै अध्यक्षतामा बसेको थियो।














