तिरुपति बालाजी दिव्यधान हेटौंडाको अध्यक्षमा घिमिरे

हेटौंडा । हेटौंडा उपमहानगरपालिका १ नम्बर वडाको भैरवडाडामा निर्माणको क्रममा रहेको तिरुपति बालाजी दिव्यधामको अध्यक्षमा राजेश घिमिरे सर्वसम्मत चयन भएका छन् । शनिबार सम्पन्न तेस्रो वार्षिक साधारणसभाबाट घिमिरेको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

दिव्यधामको उपाध्यक्षमा डा. कृष्णप्रसाद धिताल र चण्डिका गौतम, सचिवमा विजय पौडेल र कोषाध्यक्षमा प्रमेश पराजुली सर्वसम्मत चयन भएका हुन् ।

त्यसैगरी, सदस्यहरुमा सविन न्यौपाने, सर्मिला प’डासैनी, शारदा रिजाल, उत्तम प्रसाद पौडेल, केशव प्रसाद सञ्जेल र श्रीराम लुइटेल सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक दुर्गाप्रसाद न्यौपानेले जानकारी दिए ।

तिरुपति बालाजी दिव्यधामको अध्यक्ष प्रकाश न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा श्री लक्ष्मी बैकुण्ठनाथ मन्दिर चितवन लंकुका मठाधिश श्री स्वामी १००८ जगन्नाथाचार्यको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विभिन्न धार्मिक संस्थाहरुका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.