मकवानपुर औषधि व्यवसायी संंघमा विष्णु थापा निर्विरोध अध्यक्ष

हेटौंडा । नेपाल औषधि व्यवसायी संंघ मकवानपुरको अध्यक्ष पदमा विष्णु थापा निर्विरोध निर्वाचित भएका छन्। शुक्रबार हेटौंडामा सम्पन्न सङ्घको १६औँ वार्षिक साधारणसभाबाट थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो। नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा भरतबहादुर कार्की, थोक उपाध्यक्षमा निलम वैद्य र खुद्रा उपाध्यक्षमा यादव अर्याल चयन भएका छन्।

त्यस्तै महासचिवमा कृष्णहरि न्यौपाने, कोषाध्यक्षमा सलामसिंह लामा, सचिवमा विनिता बानियाँ र सह–कोषाध्यक्षमा नरहरी थापा निर्वाचित भएका छन्। सदस्यहरूमा सचिता पोखरेल, सुरेश श्रेष्ठ, तीर्थमान श्रेष्ठ, प्रज्ञान घिमिरे र भागवत तिमल्सिना चयन भएका छन्। नवनिर्वाचित अध्यक्ष थापाले औषधि व्यवसायलाई व्यवस्थित, पारदर्शी र सेवामुखी बनाउने प्रतिबद्धता व्यक्त गर्दै व्यवसायीहरूको हक–हित संरक्षणमा सक्रिय रूपमा काम गर्ने बताए।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.