वैशाख दोस्रो साता बागमती गोल्डकप, १० टोलीबीच उपाधि भिडन्त हुने

मकवानपुर । मकवानपुरको पूर्वी क्षेत्रस्थित बागमती गाउँपालिकामा आठौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी वैशाख दोस्रो साता सञ्चालन हुने भएको छ। प्रतियोगिता बागमती गाउँपालिकाको मुख्य प्रायोजनमा सहिद स्मृति रंगशाला झुरझुरे मा सञ्चालन हुने भएको हो ।

बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने उक्त प्रतियोगितामा १० टोली सहभागी हुँदै उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा ए डिभिजनका ६ टोली, मोफसलका ३ टोली, एक विदेशी टोली र आयोजक टोली गरी १० टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगिताको तयारी तीव्ररूपमा अगाडि बढाइएको समितिले जानकारी दिएको छ।

प्रतियोगितामा साविक विजेता चर्च ब्वाइज युनाइटेड सहित मच्छिन्द्र फुटबल क्लब, एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, फ्रेण्ड्स क्लब, प्लानिङ ब्वाइज, मलेसियाको पेनाङ एफसी, सर्लाहीको बागमती युवा क्लब, सिमराको नवजनजागृति युवा क्लब र आयोजक टोली ले प्रतिस्पर्धा गर्नेछन्।

आयोजक बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष रहरसिं थिङका अनुसार प्रतियोगिताका लागि करिब ७८ लाख रुपैयाँ खर्च अनुमान गरिएको छ। प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। साथै उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षक लाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने व्यवस्था गरिएको छ। प्रत्येक खेलको म्यान अफ दि म्याच लाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.