हेटौंडामा टोयोटाको ‘एक्सपेरियन्स टोयोटा’ कार्यक्रम सुरु

हेटौंडा । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि. ले हेटौंडामा ‘एक्सपेरियन्स टोयोटा’ नामक टेस्ट ड्राइभ तथा एक्सचेञ्ज कार्यक्रम सुरु भएको छ। कार्यक्रम चैत १२, १३ र १४ गते हेटौंडाको मेन रोडस्थित कफी बार अगाडी सञ्चालन हुने गरि आजबाट सुरु भएको हो ।

हेटौंडा तथा आसपास क्षेत्रका ग्राहकहरूलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रममा सहभागीहरूले टोयोटाका विभिन्न मोडेलका गाडीहरू नजिकबाट अवलोकन गर्नुका साथै टेस्ट ड्राइभमार्फत प्रत्यक्ष अनुभव गर्न सक्नेछन्। कम्पनीका अनुसार कार्यक्रममा गाडी खरिद गर्ने ग्राहकहरूलाई एक्सचेञ्ज बोनस, अतिरिक्त एसेसरिज, निःशुल्क बीमा, बैंकिङ सुविधा, रोड ट्याक्स लगायत विभिन्न आकर्षक उपहारहरूको व्यवस्था गरिएको छ।

त्यसैगरी, कार्यक्रम अवधिभर टेस्ट ड्राइभ गर्ने ग्राहकहरूले पनि आकर्षक उपहार प्राप्त गर्नेछन् भने कम्पनीले उपलब्ध गराउँदै आएका सेवा तथा सुविधाबारे विस्तृत जानकारी समेत लिन सक्नेछन्। कम्पनीले हेटौंडा तथा आसपासका सम्पूर्ण ग्राहक तथा सम्भावित खरिदकर्ताहरूलाई कार्यक्रममा उपस्थित भई टोयोटा गाडीहरूको अनुभव लिन अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.