हेटौंडामा क्षयरोग दिवसको अवसरमा अन्तरक्रिया तथा प्रभातफेरी

हेटौंडा । ‘हो, हामी क्षयरोग अन्त्य गछौं । राष्ट्रिय अभियान हाम्रो योगदान’ भन्ने मूल नाराका साथ विश्व क्षयरोग दिवस बागमती प्रदेशको राजधानी हेटौंडामा मनाइएको छ । नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा मकवानपुरको आयोजनामा प्रभातफेरी कार्यक्रम गरी क्षयरोग दिवश मनाइएको हो ।

त्यसैगरी शाखाले बागमती प्रदेशका सामाजिक विकास मन्त्री कन्चनचन्द्र वादेको उपस्थितिमा अन्तरक्रिया कार्यक्रमको समेत आयोजना गरेको छ । अन्तरक्रिया कार्यक्रममा मन्त्री वादेले क्षयरोगको उपचार सेवा तथा औषधि निःशुल्क रहेकाले बेलैमा यसको पहिचान गरी उपचारमा लाग्न अनुरोध गरेका छन् ।

धुम्रपान मध्यपान नगर्ने, पोषणयुक्त खानेकुरा खाने, बालबालिकालाई तोकिएको समयमा बीसीजीको खोप लगाउने र रोगको संक्रमण अरुमा पैmलिन नदिन प्रदेशका सबै नागरिक सचेत रहनु जरुरी रहेको उनको भनाई छ । त्यसैले लगातार खोकी लाग्ने तथा खोकीमा रगत देखिने, अस्वभाविक रुपमा शरीरको वजन घट्ने, फोक्सोमा पिडा महशुस हुने, ज्वरो आउने जस्ता लक्षण देखिएमा परीक्षण गर्न मन्त्री वादेले अनुरोध गरेका छन् ।

श्वासप्रश्वासका माध्यमबाट सजिलै सर्ने क्षयरोगको संक्रमण मधुमेह, एच.आई.भी., मृगौला प्रत्यारोपण गरेका, क्यान्सर जस्ता प्रतिरोध क्षमता कम भएका रोगीहरुलाई छिटो लाग्न सक्ने गरेको छ । नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा मकवानपुरका अध्यक्ष सजनलाल प्रधानको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा संस्थाका सल्लाहकार ज्योतीरत्न बज्राचार्य, विजेन्द्र अग्रवाल लगायतको आतिथ्यता रहेको संस्थाका सचिव गंगाप्रसाद पौडेलले जानकारी दिए ।

क्षयरोग दिवसको अवसरमा भएको प्रभातफेरी कार्यक्रममा हेटौंडा ४ मा रहेको आमसाई स्कुलका विद्यार्थीहरुको समेत सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.