हेटौँडा । चलचित्र पत्रकार संघ नेपाल, मकवानपुर शाखाको नेतृत्व पुनः कपिल खड्काले सम्हाल्ने भएका छन् । शनिबार हेटौँडामा सम्पन्न १४ औँ वार्षिक साधारणबाट चलचित्र पत्रकार संघ मकवानपुरको नेतृत्व पुनः खड्का दिइएको हो ।
यस्तै, साधारण सभाबाट कार्यसमितिको उपाध्यक्षमा रवीन्द्र गौतम, सचिवमा मनोज देवकोटा, सह–सचिवमा मञ्जिता मैनाली र कोषाध्यक्षमा सन्नु रिजाल चयन भएका छन् ।
यसैगरी सदस्यहरूमा दर्शन क्षेत्री, मनिता राना, अन्जना न्यासुर र रामकुमार दानी रहेका छन् ।
प्रतिकृया दिनुहोस्















