भीमफेदीका दुई विद्यालयमा अभिभावक दिवस सम्पन्न, उत्कृष्ट विद्यार्थी र शिक्षक सम्मानित

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित दुई विद्यालयमा अभिभावक दिवस सम्पन्न भएको छ । शैक्षिक क्षेत्रको विकास र विद्यार्थीहरूको हौसला बढाउने उद्देश्यका साथ दुई छुट्टाछुट्टै माध्यमिक विद्यालयहरूले आफ्ना वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको हो ।

२०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थी र अहोरात्र खटिने शिक्षकहरूलाई यस अवसरमा विशेष सम्मान र पुरस्कार प्रदान गरिएको छ । भीमफेदी वडा नं. ५ मा अवस्थित श्री महालक्ष्मी माध्यमिक विद्यालयको ६७ औँ अभिभावक दिवस एक विशेष समारोहकाबीच सम्पन्न भएको छ ।

उक्त अवसरमा २०८२ सालको एसईई परीक्षामा उत्कृष्ट जीपीए ल्याउन सफल छात्रा निर्देशिका पुडासैनीलाई ‘मेघराज–पुष्प कुमारी स्मृति पुरस्कार’ प्रदान गरिएको छ । उनलाई प्रोत्साहन स्वरूप नगद पाँच हजार पाँच सय पच्पन्न रुपैयाँसहित सम्मान गरिएको हो ।

यसैगरी, भीमफेदी वडा नं. ४, निबुवाटारस्थित बाराही माध्यमिक विद्यालयको ६६ औँ अभिभावक भेला पनि सम्पन्न भएको छ । भेलाकै अवसरमा २०८२ सालको एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने ८ जना विद्यार्थीहरू र मेहनती ७ जना विषयगत शिक्षकहरूलाई पनि सम्मान गरेको छ ।

भीमफेदी गाउँपालिका–४ का वडा अध्यक्ष सागर पाण्डेले आफूले प्राप्त गर्ने एक महिनाको सेवा भत्ता बराबरको रकम हरेक वर्ष एसईई परीक्षामा सफल हुने विद्यार्थी र विषयगत शिक्षकहरूलाई प्रोत्साहन पुरस्कार स्वरूप प्रदान गर्ने घोषणा गरेका थिए । सोही अनुरुप एसईईमा उत्कृष्ट अंक ल्याउने ८ जना विद्यार्थीहरूलाई जनही नगद दुई हजार रुपैयाँ र मेहनती ७ जना विषयगत शिक्षकहरूलाई एकमुष्ठ छ हजार रुपैयाँ प्रोत्साहन पुरस्कारसहित सम्मान गरिएको छ हो ।

सो क्रममा प्रमुख अतिथि एवम् गाउँपालिकाका शिक्षा शाखा अधिकृत चक्र साउदले विद्यालयलाई कुशल नेतृत्व दिएर यो उचाइसम्म पु¥याएको भन्दै वडाध्यक्ष, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक र अहोरात्र खटिने सम्पूर्ण विद्यालय परिवारप्रति शिक्षा शाखाको तर्फबाट कृतज्ञता व्यक्त गरे ।

कार्यक्रममा अभिभावक, कर्मचारी, बुद्धीजीवी तथा विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो । २०८२ सालको एसईई परीक्षामा मकवानपुर जिल्लाभरिकै सामुदायिक विद्यालयहरूमध्ये पाँचौँ स्थान र भीमफेदी गाउँपालिकामा पहिलो स्थान हासिल गरी उत्कृष्ट सफलता दर्ता गरेको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.