चैत्र २१ गते मउवा संघको साधारणसभा

मकवानपुर । जिल्लाको उद्योगी व्यवसायीहरुको साझा संस्था मकवानपुर उद्योग वाणिज्य संघको ५९ औं वार्षिक साधारणसभा यहि चैत्र २१ गते शनिबार हुने भएको छ । फागुन १५ गते बसेको कार्यसमिति बैठकले चैत्र २१ गते शनिबार पल्पसा सभाहलमा साधारण सभा गर्ने निर्णय गरेको हो ।

संघका अध्यक्ष प्रमोद सिंह रानाभाटले साधारणसभाको तयारीलाई अघि बढाइएको जानकारी दिए । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा साधारणसभाको उद्घाटनन हुने जानकारी दिइएको छ ।

साधारणसभामा विशिष्ठ अतिथिका रुपमा महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ रहने छन् । साधारण सभामा विधान संशोधन प्रस्ताव लैजाने तयारी गरिएको महासचिव प्रतिमा श्रेष्ठले जानकारी दिइन् । मकवानपुर उद्योग वाणिज्य संघ कृषि प्रवर्द्धन समितिको आयोजनामा बागमती प्रदेशस्तरीय कृषि प्रर्दशनी २०८२ हुने भएको छ ।

प्रर्दशनीमा प्रदेशभरका किसानले उत्पादन गरेका कृषि परिकार, रैथानी बालीसहित कृषि औजार, उपकरण र प्रविधिर प्रदर्शनीमा राखिने समिति संयोजक निलम पाण्डेले बताइन् । चैत्र १३ गतेदेखि १६ गतेसम्म पल्पसा हलमा प्रदर्शनी आयोजना हुने बताइएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.