मकवानपुरमा ५९ मत खस्यो

मकवानपुर । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मकवानपुर जिल्लामा शान्तिपूणै रुपमा सम्पन्न भएको छ । दुई वटा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा ५९ दशमलव १६ मत खसेको जिल्ला निर्वाचन कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

जिल्ला निर्वाचन कार्यालय मकवानपुरका अनुसार, जिल्लाको कुल मतदाता सङ्ख्या ३ लाख १५ हजार ३३४ रहेकोमा १ लाख ८६ हजार ५५१ मत खसेको हो । जसमा ९६ हजार ६३४ जना पुरुष, ८९ हजार ९१२ जना महिला र अन्य पाँच जना मतदानमा सहभागी भएका छन् ।

मकवानपुरको निर्वाचन क्षेत्र नम्बर– १ मा ९५ हजार ३१० मत खसेको र निर्वाचन क्षेत्र नम्बर– २ मा ९१ हजार २४१ मत खसेको छ । मकवानपुरका दुई अस्थायी गरी ३७६ मतदान केन्द्रमा निर्वाचन गराउन ३ हजार ३६६ कर्मचारी खटिएका हुन् ।

जिल्लामा १६७ मतदान स्थल रहेका थिए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.