हेटौँडाका युवक पक्राउ

हेटौँडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ बाट अवैध लागूऔषध खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा हेटौँडा–१२ बस्ने ३० वर्षीय संजय मिजार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उनलाई लागूऔषध खैरो हेरोइन ३ सय ५० मिलिग्रामसहित नियन्त्रणमा लिएको हो ।

शुक्रबार दिउँसो प्रहरी चौकी पदमपोखरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त परिमाणको लागूऔषध बरामद भएपछि निजलाई पक्राउ गरिएको हो । उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.