हेटौँडा आउँदै बालेन र रवि

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) हेटौँडा आउने भएका छन् ।

यही फागुन ११ गते बागमती प्रदेशको राजधानी समेत रहेको हेटौँडामा हुने कार्यक्रममा सहभागी हुन उनीहरु आउने तयारी भइरहेको पार्टीका जिल्ला सचिव सन्जिब पाठकले जानकारी दिए ।

जिल्ला सचिव पाठकका अनुसार, चितवनमा सम्पन्न प्रदेशस्तरीय कार्यक्रमपछि हेटौँडामा सभा तथा भेटघाट कार्यक्रमको आयोजना गर्न लागिएको हो । कार्यक्रममा पार्टीका अन्य वरिष्ठ नेता र कार्यकर्ताहरूको पनि सहभागिता रहनेछ।

बालेन र रवि लामिछानेको उपस्थिति राजनीतिक दृष्टिले महत्त्वपूर्ण हुने उनले विश्वास लिएका छन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.