मकवानपुरको भैंसेमा काँग्रेसको कार्यकर्ता भेटघाट कार्यक्रम, ११ जना पार्टी प्रवेश

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले आगामी फागुन २१ गते हुन गैरहेकाे निर्वाचनको सन्दर्भमा कार्यकर्ता भेटघाट अभियानलाई तीव्र पारेको छ । यसै क्रममा मकवानपुरको भैंसेमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका उम्मेदवारहरूले कार्यकर्ताहरूसँग भेटघाट तथा छलफल गरेका छन् ।

छलफलमा बाेल्दै नेपाली कांग्रेसकी निवर्तमान सहमहामन्त्री एवं मकवानपुर क्षेत्र नम्बर १ की उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले पार्टीले समावेशितालाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले भन्नुभयो, `नेपाली कांग्रेस सबै जाति, धर्म र समुदायको सम्मान गर्ने पार्टी हो । हामीले युवा शक्तिको प्रतिनिधित्व गर्दै गगन थापालाई प्रधानमन्त्रीको रूपमा अघि सारेका छौं ।´

यस्तै, नेपाली कांग्रेस मकवानपुरका सभापति एवं मकवानपुर क्षेत्र नम्बर २ का उम्मेदवार बुद्ध लामाले अबको मुलुकको नेतृत्व युवा पुस्ताको काँधमा आएको बताउनुभयो । `अन्तर्राष्ट्रिय रूपमा समेत सर्वस्वीकार्य नेता गगन थापालाई प्रधानमन्त्री बनाउन हामी चुनावमा होमिएका छौं,लामाले भन्नुभयो, `जनतालाई सुख-शान्तिको अनुभूति गराउन र तीव्र विकासका लागि अब गगन थापालाई प्रधानमन्त्री बनाउनु अपरिहार्य छ ।´

कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उमा दाहालले मकवानपुरको समग्र विकासका लागि कांग्रेसका उम्मेदवारहरूलाई विजयी बनाउन आह्वान गर्नुभयो ।

नेपाली कांग्रेसकाे समानुपातिक उम्मेदवार शर्मिला श्रेष्ठ, जिल्ला सचिव ईश्वर पाठक, जिल्ला कार्यसमिति मकवानपुरकाे अनुशासन समिति संयाेजक प्रभात दाहाल, भिमफेदी गाउँपालिका सभापति सञ्जिव श्रेष्ठ, महाधिवेशन प्रतिनिधि निलम देवकाेटा,  निर्वाचन परिचालन मुल समाराेह समितिका सदस्य यतिराज सापकाेटा लगायतकाे उपस्थिति रहेकाे थियाे ।

नेपाली कांग्रेस वडा नम्बर ५ का सभापति अंकित पुडासैनीको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रममा नेकपा एमाले लगायतका विभिन्न पार्टी परित्याग गरी ११ जना नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.