बकैयामा सवारी दुर्घटना, एकजनाको मृत्यु

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका ११ आँपचौरमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । बिहीबार दिउँसो बकैया ११ आँपचौरस्थित कान्तिलोकपथ सडक खण्डको टर्निङमा जितपुर भन्ज्याङबाट ठिंगनतर्फ जाँदै गरेको बा.प्र.०३-००१ क ०९५२ नम्बरको बलगर ट्रकसँग म.प्र.०३-०३९ प ५६४४ नम्बरको स्कुटर ठोक्किँदा एकजनाको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका स्कुटर चालक वीरगन्ज महानगरपालिला १० पानीट्याङ्की बस्ने ५० वर्षका अनुराग श्रेष्ठको मृत्यु भएको हो । दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

दुर्घटनामा घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनाको विषयमा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.