महिलाप्रति अपमानित शब्द प्रयोग गर्दै दीपक सिंह, मतदातासंग भने ‘जुँगा समात्ने कि पेटिकोट, तपाइहरुको विचार’

हेटौंडा । मकवानपुरबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार दीपकबहादुर सिंहले महिला उम्मेदवारप्रति अपमानित शब्द प्रयोग गरेका छन् । क्षेत्र नम्बर १ बाट राप्रपाको तर्फबाट उम्मेदवार बनेका उनले ‘जुँगा समात्ने कि पेटिकोट, तपाइहरुको विचार’ भन्ने अभिव्यक्ति दिएका हुन् ।

मतदाता भेट्ने क्रममा बिहीबार बिहान हेटौंडा ६ स्थित हात्तिलेट पुगेका उनले यस्तो अभिव्यक्ती दिएर हिँडेका हुन् । नेपाली कांग्रेसबाट यसै क्षेत्रमा उम्मेदवार बनेकी कांग्रेसका निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनालाई लक्षित गर्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।

राप्रपाका नेता गुरुप्रसाद सापकोटा, नेकपा एमालेका नेता विश्वराज राईसहित स्थानीयको अगाडी उनले महिला उम्मेदवारप्रति अपमानित शब्द बोलेर हिंडेका हुन् । सिंहले त्यति बोलेर हिंडेपछि मतदाता अचम्ममा परेका थिए ।

महिलाको सम्मान गर्न नजान्ने उम्मेदवार भन्दै उनीहरुले आपत्ति समेत जनाएका थिए । ‘एक पटक जनताले माया गरेर चुनाव जितिसकेको नेताले यो स्तरको भाषा र शब्द प्रयोग गर्ने रहेछ । सायद यिनलाई डिनासंग हारिएला भन्ने चिन्ताले ग्रसित गरेको जस्तो छ’, एक स्थानीयले भने, ‘उनको शब्दबाट महिलाप्रती हेर्ने दृष्टिकोण प्रष्ट हुन्छ ।’

जुँगा समात्ने कि पेटिकोट समात्ने तपाईहरुकै विचार भन्ने शब्दमा उनले के भन्न खोजेका हुन् उनै जानुन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.