१२१ किलो चरेससहित मकवानपुरका दुई जना नियन्त्रण

मकवानपुर । मकवानपुर प्रहरीले थाहा नगरपालिका–१० टौखेलबाट १२१ किलो चरेससहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीको नियन्त्रणमा हुनेहरुमा अटो चालक थाहा–४ रुप्से बस्ने २९ वर्षीय घनश्याम बल तामाङ र अटोमा सवार कैलाश–५ बस्ने २१ वर्षीय सानुकान्छा थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, हिजो मंगलबार साँझ करिब ४ः५० बजे टौखेलबाट मार्खुतर्फ जाँदै गरेको बा.प्र.०३००१ ह १५०७ नम्बरको अटोमा लुकाइ छिपाइ राखिएको १२ वटा रबरको डिब्बामा उक्त परिमाणको चरेस बरामद भएपछि निजाहरुलाई नियन्त्रणमा लिइएको हो ।

दुवै जनालाई अदालतमा पेश गरिएको र जिल्ला अदालत मकवानपुरले थप अनुसन्धानका लागि ६ दिन म्याद थप गर्ने निर्णय गरेको प्रहरीको भनाई छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.