मनहरीमा ३ दिने अभिमुखीकरण सुरु

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा डिजिटल मिडिया, प्रविधि र युवा नेतृत्व विकास सम्बन्धी ३ दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । मनहरी ६ मा तीनदिने अभिमुखीकरण कार्यक्रम सुरु भएको हो ।

सुनाचुरी सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा आयोजित कार्यक्रम सुनाचुरी सामुदायिक वन उपभोक्ता समूह मनहरी ६ को सहकार्यमा तथा नमस्ते मनहरी मिडिया प्रालि मनहरीको आयोजनामा सञ्चालन भएको हो । कार्यक्रमको उद्घाटनमा मनहरी गाउँपालिका ६ नम्बर वडा अध्यक्ष युवराज थपलिया, मनहरी सब डिभिजन वन कार्यालयका वन अधिकृत देवेन्द्र गोले, समूहका सचिव रमेश कार्की, सुनाचुरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पार्वती मुक्तानलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम नमस्ते मनहरी मिडिया प्रालिका अध्यक्ष जयराम मुक्तानको अध्यक्षतामा भएको हो । अभिमुखीकरण कार्यक्रममा तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष ज्ञानेन्द्र तामाङले डिजिटल सुरक्षा, सामाजिक सञ्जालको प्रयोग र भ्रमपूर्ण समाचारले समाजमा सिर्जना गर्ने समस्याबारे सहजीकरण गरेका थिए । कार्यक्रममार्फत युवालाई जिम्मेवार डिजिटल नागरिक बनाउने र नेतृत्व विकासमा सघाउने उद्देश्य रहेको आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.