आदिवासी महिला महासंघको प्रदेश अधिवेशन सम्पन्न

हेटौंडा । राष्ट्रिय आदिवासी महिला महासंघ बागमती प्रदेशको तेस्रो अधिवेशन हेटौंडामा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न अधिवेशन महासंघका सचिव देवीमाया लिम्बु देवानको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष ङिमी शेर्पाको प्रमुख आतिथ्यतामा भएको हो ।

अधिवेशनबाट देवीमाया लिम्बु देवानकै नेतृत्वमा ९ सदस्यीय प्रदेश कार्यसमिति सर्वसम्मत चयन भएको छ । उपाध्यक्षमा जानकीकुमारी चौधरी, सचिव प्रतिक्षा माझी, सहसचिव सानमाया गुरुङ, कोषाध्यक्ष राधा कारन्जीत, सदस्यमा मैना दनुवार, बिना बोटे, मन्जु शेर्पा र राम कुमारी थामी चयन भएका छन् ।

अधिवेशनले आदिवासी महिलाको हक–अधिकार संरक्षण, सामाजिक सशक्तिकरण र संगठन विस्तारलाई प्राथमिकता दिने निर्णय गरेको छ । कार्यक्रम महासंघ केन्द्रका कार्यक्रम अधिकृत हिरा तामाङको संयोजनमा भएको हो । अधिवेशन सम्पन्न भएसँगै नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई शपथ ग्रहण गराएर प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.