नेपाल चिकित्सक संघ मकवानपुर शाखाका नवनिर्वाचित कार्यसमितिद्वारा शपथ ग्रहण

हेटौँडा । नेपाल चिकित्सक संघ मकवानपुर शाखाका नवनिर्वाचित कार्यसमितिहरुले शपथ ग्रहण गरेका छन् । बुधबार हेटौँडा अस्पतालको सभाहलमा एक समारोहबीच संघका पुरानो कार्यकारिणी समितिको बिदाइ तथा नवनिर्वाचित कार्यकारिणी समितिको प्रमाणपत्र वितरण, शपथ ग्रहण तथा स्वागत कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रम मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा पुस १ गते निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई प्रमुख अतिथि डा. ज्ञवालीले प्रमाणपत्र प्रदान गरेका थिए भने प्रमुख निर्वाचन अधिकृत अमर सिंह अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

नेपाल चिकित्सक संघ मकवानपुर शाखाको अध्यक्षमा हरिबहादुर खड्काको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएका छन् । यस्तै, नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रामचन्द्र सापकोटा, सचिवमा राजु सेढाईँ कोषाध्यक्षमा प्रतिक्षा खड्का, सहसचिवमा मधु पौडेल तथा सहकोषाध्यक्षमा डा. आयुष पौडेल उपाध्याय निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.