हेटौंडा जेसीजद्वारा सेनेटरी प्याड भेन्डिङ मेसिन निःशुल्क वितरण

हेटौंडा । हेटौंडा जेसीजले सेनेटरी प्याड भेन्डिङ मेसिन तथा प्याड हस्तान्तरण गरेको छ । जेसीआई हेटौंडाले सोमबार हेटौंडा–१० स्थित बसपार्क नजिकको सामुदायिक प्रहरी सेवा उपकेन्द्रमा प्याड भेन्डिङ मेसिन जडान तथा निःशुल्क प्याड वितरण गरेको हो ।

हेटौंडा उपमहानगरपालिका, सामुदायिक प्रहरी, जेसीआई हेटौंडा तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिको उपस्थितिमा करिब ३० हजार रुपैयाँ बराबरको मेसिन तथा प्याड वितरण गरिएको जेसीज महासचिव सञ्जकुमार न्यौपानेले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि सामुदायिक प्रहरी सेवा उपकेन्द्र हेटौंडाका प्रमुख प्रदीप कडेँलले सार्वजनिक स्थानमा यस्ता मेसिन जडानले किशोरी तथा महिलालाई ठूलो राहत पुग्ने दाबी गरे ।

जेसीआई हेटौंडाका अध्यक्ष पंकजदास बनियाँले महिलाको मासिकरुपमा हुने रजस्वलालाई लिएर अझै पनि समाजमा विकृति र समस्यालाई कम गर्न यो पहल गरिएको बताए । ‘स्वच्छता र सम्मानजनक जीवनका लागि समाजिक विकृतीलाई तोड्नु हाम्रो समाजको आधारभूत आवश्यकता हो,’ उनले भने ।

कार्यक्रम संयोजक जेसी राहुल दासका अनुसार सार्वजनिक स्थानमा आवश्यकताका बेला सहज रूपमा प्याड उपलब्ध गराउने लक्ष्यसहित मेसिन जडान गरिएको हो । कार्यक्रममा उपस्थित अतिथिहरूले अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।

मेसिन हस्तान्तरण कार्यक्रममा हेटौंडा जेसीज वर्ष २०२० का शाखा अध्यक्ष राजेदब बानियाँ तथा हेटौंडा जेसीजको पदाधिकारी तथा सामुदायिक प्रहरी उपकेन्द्रका उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.