नेपाल अर्बुद रोग निवारण संस्था मकवानपुरको २३ औँ वार्षिक साधारण सभा सम्पन्न

हेटौँडा । नेपाल अर्बुद (क्यान्सर) रोग निवारण संस्था मकवानपुर शाखाको २३ औँ वार्षिक साधारण सभा शनिबार हेटौँंडामा सम्पन्न भएको छ । शाखाका सभापति माधव अधिकारीको अध्यक्षता तथा संस्थाका केन्द्रीय उपमहासचिव प्रकाश खतिवडाको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।

सो क्रममा संस्थाका सचिव जयप्रकाश घिमिरेले वार्षिक कार्य प्रगति प्रतिवेदन र कोषाध्यक्ष लक्ष्मण महतले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्ने क्रममा संस्थाले सुशासनको अभ्यास गर्दै पारदर्शितालाई प्राथमिकता दिएको उल्लेख गरेको थियो भने ब्यापक छलफल पश्चात साधारण सभाले संसोधनसहित उक्त दुबै प्रतिबेदन पारित गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय उप–महासचिव खतिवडाले क्यान्सर जस्तो जटिल, संवेदनशील र जीवनसँग प्रत्यक्ष जोडिएको रोगविरुद्ध एउटै मोर्चामा उभिनपाउनु गौरवको विषय भएको बताए । उनले क्यान्सर केवल चुनौती मात्र नभई सचेतनाको अभाव, ढिलो पहिचान, आर्थिक तथा सामाजिक असमानता र गलत जीवनशैलीको परिणाम समेत भएको उल्लेख गरे ।

यस्तै, बागमती प्रदेश संयोजक गणेश कोईरालाले पाठेघरको मुखको क्यान्सरविरुद्ध किशोरीलाई लक्षित गर्दै संचालन भएको एचपीभी खोप कार्यक्रम बागमती प्रदेशमा स्वास्थ्य निर्देशनालय, सरोकारवाला निकायहरुसँगको समन्वय र सहकार्यको कारणले सफलतापुर्बक सम्पन्न गर्न सकेको तथ्य जानकारी गराए । उनले सामजिक संस्थाबीचको सहकार्य आवश्यक रहेको समेत औंलयाए ।

संस्थाको पूर्व सभापती बिजयकुमार बैध र कपिला जाशीले ग्रामीण क्षेत्र र बालबालिका लक्षित धुम्रपान, विषादी प्रयोग र क्यान्सरका कारक तत्वको बारेमा जनचेतजना मूलक कार्यक्रम संचालन गर्न आवश्यक रहेको बताउँदै सहकार्यको लागि विभिन्न सामाजिक संस्थाहरुसंग समन्वय गर्न सुझाब दिए ।

उधोग संघको अध्यक्ष एवम् मकवानपुर क्याम्पसको पूर्व क्याम्पस चिफ बद्रिनाथ शर्माले क्यान्सरको रोकथामको क्षेत्रमा सरकारले लगानी बढाउन पर्नेमा जोड दिए । नागरिकले आहार बिहार र खानपानमा ध्यान दिनुपर्ने बेला आएको बताउँदै उनले यसको रोकथाममा सबै बर्गको चिन्ता र चासो बढनुपर्ने बारे बताए ।

त्यसैगरी, शाखा सभापति माधव अधिकारीले संस्थाको आमन्त्रण स्वीकार गरी कार्यक्रममा सहभागी भएका सबै अतिथि, सभासद् तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गरे । उनले शाखाको कार्ययोजना बमोजिम क्यान्सर सचेतना अभियान र स्वास्थ्य क्याम्पहरू सञ्चालन गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि समन्वय र सहकार्यलाई निरन्तरता दिन आग्रह गरे ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.