मकवानपुर । पालुङ जेसीजको जेसीज सप्ताह २०२५ अन्तर्गत बुधबार भारत–रत्न छात्रवृत्ति वितरण कार्यक्रमको आयोजना भएको छ । थाहा नगरपालिका ११ मा रहेको कालीदेवी प्राविमा अध्ययनरत ३२ जना विद्यार्थीलाई स्टेसनरी सामग्री प्रदान गरिएको हो ।
पालुङ जेसीजका कार्यकारिणी उपाध्यक्ष एवम् जेसीज सप्ताह मूल कार्यक्रम संयोजक अजित कार्कीको अध्यक्षता एवम् विद्यालयका प्रधानाध्यापक रुपक उप्रेतीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा पालुङ जेसीजका निवर्तमान अध्यक्ष निरज रायमाझी, महासचिव सुविन्द्रमान प्रधान, कोषाध्यक्ष अजय कार्की, सहमूल कार्यक्रम संयोजक विकेशबाबु बस्नेत, कार्यक्रम संयोजक रबि कार्की लगायतको उपस्थिति थियो । कार्यक्रलाई पालुङ जेसीज वर्ष २००८ का अध्यक्ष भरत गोपालीले प्रायोजन गरेका थिए । सप्ताह कार्यक्रमको तेस्रो कार्यक्रम अन्तरगत बिहीबार कृष्णतारा न्यानो कपडा वितरण कार्यक्रम हुने बताइएको छ ।
जेसीज संस्थाले प्रत्येक वर्ष विविध कार्यक्रमको आयोजना गरी जेसीज सप्ताह मनाउने गरेका छन् ।















