शिक्षाका लागि राष्ट्रिय अभियान बागमती प्रदेश समितीको नयाँ कार्यसमिती चयन

हेटौँडा । शिक्षाका लागि राष्ट्रिय अभियान बागमती प्रदेश समितीका नयाँ कार्यसमिती चयन भएको छ ।अभियानको साधारण सभा र अधिबेशनबाट समितीको नयाँ कार्यसमिती चयन गरिएको हो ।

समितीको अध्यक्षमा मकवानपुरका प्रकाश खतिवडा चयन भएको छन् । यसैगरी, समतिको उपाध्यक्षमा दिलबहादुर रम्तेल (धादिङ), सचिवमा रामचन्द्र आचार्य (चितवन), कोषाध्यक्षमा अनिता नेपाली (चितवन) चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा क्रमशः कुमारी वाईबा (मकवानपुर), बुद्धबिर लामा (मकवानपुर), लक्ष्मी थापा ( दोलखा), भक्त भ्लोन (काठमाडांै), र शोभा आचार्य (सिन्धुपाल्चोक) रहेका छन् ।

अभियानका बागमती प्रदेश अध्यक्ष खतिवडाको सभाध्यक्षतामा हेटौँडामा सम्पन्न साधारण सभा तथा अधिवेशनमा विभिन्न जिल्लाको प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

सो क्रममा वार्षिक कार्य प्रगती प्रतिबेदन, प्रदेशमा सार्वजनिक शिक्षा सुदृढिकरण, अनिवार्य, निःशुल्क र गुणस्तरिय शिक्षा अधिकार सुनिश्चितताको लागि गरिएका अभियानहरुको बारेमा जानकारी गराइएको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.