रोटर्याक्टको रक्तदानमा १९ ले दिए रगत

हेटौंडा । रोटर्याक्ट क्लव अफ मकवानपुर र हेटौंडाको संयुक्त आयोजनामा भएको सचिन स्मृति रक्तदान कार्यक्रममा १९ जनाले रक्तदान गरेका छन् । बिहीबार हेटौंडा ४ स्थित हुप्रचौरमा रक्तदान कार्यक्रमको आयोजना भएको हो ।

रोट¥याक्टले देशैभर बिहीबार सचिन स्मृति रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सोही क्रममा जिल्लामा रहेका दुइवटा रोट¥याक्ट मकवानपुर र हेटौंडाले संयुक्त रुपमा रक्तदानको आयोजना गरेको हो । रगतको अभाव हुन नदिनका लागि रक्त सञ्चार केन्द्र हेटौंडासँगको सहकार्यमा कार्यक्रमको आयोजना गरिएको रोटर्याक्ट क्लव अफ मकवानपुरका अध्यक्ष अमितकुमार क्षेत्रीले जानकारी दिए ।

कार्यक्रममा रोटर्याक्ट क्लव अफ हेटौंडाका अध्यक्ष केशर श्रेष्ठ, रोटरी क्लव अफ मकवानपुरका संस्थापक अध्यक्ष ज्ञानकृष्ण प्रजापति, अध्यक्ष विजयकुमार श्रेष्ठ, पूर्व अध्यक्षद्वय कविन सांगामी र अञ्जनीकुमार पराजुली, रोटर्याक्ट डिष्ट्रिकका एडीआर आर मिलन ढकाल, रोटरी क्लव अफ हेटौंडाका यूथ चेयर रोशन सेन, रोटर्याक्ट क्लव अफ मकवानपुरका पूर्व अध्यक्ष राजन कटुवाल, प्रदीपकुमार राईलगायतको आतिथ्यता रहेको थियो । रोटर्याक्ट क्लव अफ मकवानपुरका अध्यक्ष क्षेत्रीले रोटर्याक्ट डिष्ट्रिकका साथै क्लवको कार्ययोजना अनुसार विभिन्न कार्यक्रम गर्दै आएको बताए ।

संस्थाले आवश्यकता अनुसार छिमेकी शाखासँगको संयुक्त आयोजनामा समेत विभिन्न गतिविधि गर्दै आएको छ । आगामी दिनमा पनि आफ्नो कार्ययोजना अनुसारका कार्यक्रमलाई निरन्तरता दिँदै जाने उनले बताए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.