जेसिस सप्ताहअन्तर्गत बकैयाका तीन विद्यालयमा न्यानो कपडा, शैक्षिक सामग्री र स्वास्थ्य सेवा

हेटौँडा । बकैया जेसिसले जेसिस सप्ताहअन्तर्गत बुधबार एकैदिन बकैया गाउँपालिकाका तीन विद्यालयमा न्यानो कपडा, शैक्षिक सामग्री तथा स्वास्थ्य सम्बन्धी सेवा प्रदान गरेको छ। जेसिसले बकैया–४ रातो थलीस्थित सिर्जना आधारभूत विद्यालयमा विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको कार्यक्रम संयोजक तथा बकैया जेसिस उपाध्यक्ष सुनिल भोम्जनले जानकारी दिए ।

विद्यालयकी निवर्तमान प्रधानाध्यापक ज्योति पुडासैनीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा चुरियामाई मल्टी प्रोचेज प्रा.लि.का प्रोपाइटर सुवास अधिकारीको विशिष्ट आतिथ्यता रहेको थियो। यस्तै, कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष जमानसिङ भोलान, बकैया जेसिसका पूर्वअध्यक्षहरू सुशील घिमिरे र रमेश फुयाल, स्थानीय बुद्धिजीवी तथा अभिभावक लगायतको उपस्थिति रहेको थियो। प्रमुख अतिथि पुडासैनीले यस्ता गतिविधिले विद्यार्थीमा अध्ययनप्रतिको उत्साह थपिने बताइन्।

सोही दिन बकैया–६ झोलखानीस्थित जनस्थापित रत्न आधारभूत विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ। उनका अनुसार बकैया–७ हर्दास्थित माटोकोरी आधारभूत विद्यालयमा विद्यार्थीहरूको रक्त समूह परीक्षणसमेत गरिएको छ। शैक्षिक सामग्री वितरणका लागि बासुदेव न्यौपानेले सहायता गरेका हुन्।

कार्यक्रम बकैया जेसिस अध्यक्ष शौभाग्या दुतराजको सभाध्यक्षतामा सम्पन्न भएको थियो।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.