मकवानपुरबाट लागूऔषधसहित चार जना प्रहरीको नियन्त्रणमा

मकवानपुर । मकवानपुरबाट लागूऔषधसहित प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । जिल्लाको मनहरी गाउँपालिका–९ रजैयास्थित पुल नजिकैबाट चार जनालाई पक्राउ गरिएको हो ।

मकवानपुर प्रहरीका अनुसार, मंगलबार साँझ करिब १९ः०० बजेको समयमा विशेष सूचनाको आधारमा पुगेको इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक दिपक थापाको कमाण्डमा खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा बाराको जितपुरसिमरा–१६ घर भई हाल हाल हेटौंँडा–१९ सान्नानटार बस्ने २६ वर्षीय अनिल सिंतान, मनहरी गाउँपालिका–५ बसन्तपुर बस्ने २३ वर्षीय संजित आले, बसन्तपुर घर भई हाल मनहरी–३ लामिटार बस्ने ३३ वर्षीय बिनोद बहादुर बल र मनहरी गाउँपालिका–५ बस्ने ३० वर्षीय सुरेश स्याङतान रहेका छन् ।

पक्राउ परेका उनीहरुको साथबाट लागूऔषध खैरो हिरोइन २९२ मिलिग्राम धुलो तथा बा ८९ प ६२९३ नम्बरको मोटरसाइकल बरामद गरिएको छ । बरामद सामग्रीसहित उनीहरूलाई इलाका प्रहरी कार्यालय मनहरीमा ल्याई थप अनुसन्धान अघि बढाइएको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.