मकवानपुर । मकवानपुरको हेटौँडा निवासी सागर स्याङ्तान पक्राउ परेका छन् । उपमहानगरपालिका–८ कमाने बस्ने २० वर्षीय उनलाई अवैध लागूऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुर प्रहरीका अनुसार, उनलाई हेटौँडा उपमहानगरपालिका–१ जरूवाटोलबाट अवैध लागूऔषध खैरो हेरोइन २ सय २० मिलिग्रामसहित मंगलबार दिउँसा पक्राउ गरिएको हो ।
उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाएको जनाएको छ ।
प्रतिकृया दिनुहोस्















