मकवानपुरको राक्सिराङमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

हेटौंडा । राक्सिराङ गाउँपालिका–७ ध्यारीटोलमा भएको आगलागीमा एक तले घर पूर्णरूपमा जलेर नष्ट भएको छ। बिहीबार दिउँसो करिब २:३० बजे ७० वर्षीया आईती मायाँ प्रजाको ढुङ्गामाटोको गारो र खरको छानो भएको घरमा सोलारको तार सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

आगलागीमा घरभित्र रहेका लत्ताकपडा, भाडाकुडा, सुनको एक थान तिलहरी, मकै ५ मुरी र नगद ७० हजार रुपैयाँसहित करिब ४ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ। घटनाको जानकारी भोलिपल्ट (शुक्रबार) बिहान ९ बजेपछि प्राप्त हुनासाथ प्रहरी चौकी कान्द्राङबाट प्र.स.नि. सुरेश कुमार साहको कमाण्डमा टोली घटनास्थल पुगेर मुचुल्का उठाएको थियो।

प्रहरीका अनुसार आगलागीबाट घर पूर्ण रूपमा जलेर नष्ट भएको र मानवीय क्षति भने भएको छैन घटनास्थल प्रहरी चौकी कान्द्राङबाट करिब १६ किलोमिटर दक्षिणमा पर्छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.