बागमतीका सभामुख पाठकको राजीनामा स्वीकृत

jfUdtL k|b]zsf gjlgjf{lrt ;efd'v kf7s x]6f}F8f, @( k'; M jfUdtL k|b]zsf] ;efd'v kbsf nflu z'qmaf/ ePsf] lgjf{rgdf lgjf{lrt e'jg kf7s . tl:a/ M c~hnL yfkf ÷/f;;

हेटौंडा ।  बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकको राजीनामा स्वीकृत भएको छ । प्रदेशसभा सचिवालयले बिहीबार सूचना जारी गर्दै सभामुख पाठकले गत भदौ १ गते नै राजीनामा दिएको जानकारी गराएका थिए ।

सभामुख पाठकले उपसभामुख अप्सरा चापागाईलाई सम्बोधन गरी पदबाट राजीनामा दिएका थिए । उनी राप्रपाबाट प्रदेशसभामा समानुपातिकतर्फबाट सांसद् बनेका हुन् । राजीनामा दिएका मितिबाट नै सभामुख पाठकको राजीनामा स्वीकृत भएको र प्रदेशसभा संचालन नभएको अवस्था भएकाले प्रदेशसभा सदस्यहरुको जानकारीका लागि सूचना जारी गरेको प्रदेशसभा सचिव रामकुमार पौडेलले जानकारी दिएका छन् ।

प्रदेशसभा नियमावली २०७४ को नियम १८४ को उपनियम (२) बमोजिम प्रदेश सभा सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको प्रदेश सभा सचिव पौडेलले बताए । सूचना प्रकाशित भएसँगै सभामुख पाठकको राजीनामा स्वीकृत भएको हो । राप्रपाबाट निर्वाचित सांसद्हरुले जेनजी आन्दोलनपश्चात पदबाट राजीनामा दिएपनि तलव तथा सेवा सुविधा लिइरहेको भन्दै चौतर्फी आलोचना समेत हुँदै आएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.