मकवानपुरमा अवैध रूपमा लगाइएको गाँजा खेती नष्ट

मकवानपुर । मकवानपुर जिल्लाका विभिन्न क्षेत्रमा अवैध रूपमा लगाइएको गाँजाको बोट तथा बेर्ना फडानी गरी नष्ट गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर र सशस्त्र प्रहरी बल नेपाल नं. १४ गण हेटौंडाबाट खटिएको संयुक्त प्रहरी टोलीले मिति २०८२ साल असोज १७ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको विशेष अभियानका क्रममा कुल १०२ जना सुरक्षाकर्मी संलग्न थिए ।

प्रहरी टोलीले मकवानपुरको उत्तरी भेगस्थित राक्सीराङ गाउँपालिका अन्तर्गत चिसापानी, बेल्टार, टेम्टा, गोरेटार, देबुटार, कैलाश गाउँपालिका अन्तर्गत सातकन्या, खैरेनी, जोईटी तथा भिमफेदी गाउँपालिका अन्तर्गत भदौरे, ज्यार्बु लगायतका विभिन्न स्थानहरूमा अवैध रूपमा खेती गरिएको अन्दाजी ३० बिगाहा १० कठ्ठा क्षेत्रफलमा फैलिएको गाँजा फडानी गरी नष्ट गरेको हो ।

प्रहरीका अनुसार गाँजा खेतीविरुद्धको अभियानलाई आगामी दिनमा अझ कडाइका साथ अघि बढाइने बताइएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.