पेट्रोल चोरीको आरोपमा मनहरीबाट चार जना पक्राउ

हेटौंडा । नेपाल आयल निगम थानकोट डिपोको नाममा रहेको पेट्रोलियम पदार्थ अवैध रूपमा बिक्री गरेको आरोपमा चार जना पक्राउ परेका छन्।

मनहरी गाउँपालिका–८ स्थित जय शिव शरणम् फ्यूल सेटर प्रा.लि.मा अवैध रूपमा पेट्रोल झिक्दै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, आइतबार (आज) साँझ करिब ४:३० बजे अम्लेखगंजबाट थानकोटतर्फ जाँदै गरेको ना.४.ख ९३७७ नम्बरको ट्याङ्करबाट उक्त पेट्रोल पम्पमा अवैध रूपमा पेट्रोल निकाल्ने कार्य भइरहेको भेटिएको थियो।

घटनास्थलमा खटिएको प्रहरी टोलीले ट्याङ्कर चालकसहित पेट्रोल पम्पमा काम गर्ने तीन जनालाई पक्राउ गरी थप अनुसन्धान थालेको जनाएको छ।

प्रहरीले पक्राउ परेकाहरूमाथि पेट्रोलियम पदार्थको अवैध कारोबारसम्बन्धी कानूनी प्रक्रिया अघि बढाइने जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.