मकवानपुर । हेटौंडा उपमहानगरपालिका–४, थाहा चोकस्थित पदम खाजा घर पछाडिको टहरामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ।
बिशेष सूचनाका आधारमा सोमबार साँझ करिब ५ बजे गरिएको छापामारीमा जुवातास खेलिरहेका पाँच जना पक्राउ परेका हुन्।
उक्त स्थानबाट रु. ४७ हजार ७९० नगद, ६ बुक तास, र १६ वटा कौडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
नियन्त्रणमा परेकाहरूमा:
१. होटल सञ्चालक पदम बहादुर भोलन (४०), बागमती गाउँपालिका–१, हाल हेटौंडा–४
२. समिर योञ्जन (३४), बागमती गाउँपालिका–१
३. हिरा लामा तितुङ (४०), कैलास गाउँपालिका–१०
४. मिलन तामाङ (३०), हेटौंडा–११
५. रोम प्रसाद चौलागाईं (४५), निजगढ नगरपालिका–५, बारा
प्रहरीले उनीहरूलाई जुवातास (निषेध) ऐन बमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइरहेको जनाएको छ।
प्रतिकृया दिनुहोस्















