हेटौँडा । पूर्बि मकवानपुरको बकैयामा भोलिबाट प्रथम बकैया धनेश्वर कप सुरु हुने भएको छ । धनेश्वर युवा क्लबले पहिलो पटक भोलिबाट प्रथम बकैया धनेश्वर कप नाएन ‘ए’ साइड प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
आगामी कात्तिक ३ गतेसम्म हुने प्रतियोगिता बकैया गाउँपालिका वडा नम्बर ७ हात्तीखोला मिनि रंगशालामा हुनेछ । प्रतियोगितामा २१ टिमको सहभागीता रहेको छ ।
प्रतियोगिताको विजेता र उपविजेता समूहले क्रमशः नगद ३० हजार र १५ हजार रुपैयाँसहित ट्रफी, मेडेल र प्रमाणत्रका साथै विधागत पुरस्कारहरु प्रदान गरिने जनाइएको छ ।
प्रतिकृया दिनुहोस्















