मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका–४ हरामीचोकस्थित मदन भण्डारी लोकमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा १६ जना घाइते भएका छन्।
मंगलबार बिहान करिब ६:४५ बजे सिन्धुलीबाट हेटौंडातर्फ आउँदै गरेको म.प्र.०२–००१ ज ००७२ नम्बरको EV गाडीले भित्री बाटोबाट हाईवेमा निस्कँदै गरेको ना ५ प ५५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
ठक्करपछि EV गाडी अनियन्त्रित भई करिब १५ फिट तल खोल्सीमा खसेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा EV गाडीमा सवार यात्रु र मोटरसाइकल चालकसहित १६ जना घाइते भएका छन्।
उनीहरूलाई प्रहरी टोलीले उद्धार गरी उपचारका लागि साम्भि पोलिक्लिनिक र सहकारी अस्पताल, हेटौंडा पठाइएको छ। प्रारम्भिक जानकारी अनुसार घटनास्थलमा गम्भीर घाइते कोही नभएको र सबैको अवस्था सामान्य रहेको प्रहरीको भनाई छ ।















