हेटौंडामा संविधान रक्षाको माग गर्दै युवाहरूद्वारा प्रदर्शन

हेटौँडा । हेटौंडामा संविधान रक्षाको माग गर्दै युवाहरूले प्रदर्शनमा गरेका छन् । हेटौंडाको मुख्य बजार क्षेत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका दल निकट युवाहरूले हिजो बिहीबार शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।

उनीहरुले संविधान रक्षा, नागरिक सर्वाेच्चता कायम, सैनिक शासन चाहिँदैन र राष्ट्रपति रामचन्द्र पौडेललाई सार्वजनिक गर भन्दै नाराबाजी गरेका थिए ।

निषेधाज्ञा भईरहेकोले प्रदर्शन रोक्न नेपाली सेना अग्रभागमा खटिएको छ । सेनाले रोक्न खोज्दा पनि युवाहरू प्रतिकारमा उत्रिँदै सडकमा नारा लगाईरहेका थिए ।

प्रदर्शनको नेपाली कांग्रेस मकवानपुरका सचिव इश्वर पाठक, एमाले निकट राष्ट्रिय युवा संघ मकवानपुरका अध्यक्ष राजेश नगरकोटीलगायतका युवाहरूको नेतृत्व गरेका थिए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.