मकवानपुरमा अनिश्चितकालका लागि कर्फ्यू आदेश

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाभर अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको छ।

भदौ २४ गते राति १२ बजेदेखि भदौ २५ गते बिहान १० बजेसम्म लागू हुने गरी जारी गरिएको आदेशलाई थप अर्को आदेश जारी नभएसम्मका लागि निरन्तर गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम प्रमुख जिल्ला अधिकारी रिक्षम श्रेष्ठद्वारा जारी आदेशअनुसार जिल्लाभर कुनै पनि प्रकारको आवतजावत, सभा, जुलुस, प्रदर्शन, बैठक, घरजग्गा घेराउजस्ता गतिविधि नगर्न चेतावनी दिइएको छ।

प्रशासनले शान्ति–सुरक्षाको अवस्था संवेदनशील भएकाले कर्फ्यू आदेशलाई कडाइका साथ कार्यान्वयन गर्ने र उल्लंघन गर्नेहरूमाथि कानूनी कारबाही गर्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.