हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिना लामाले नयाँ पुस्ताले सडकमा देखाएको आक्रोशलाई बेवास्ता गर्न नहुने बताएकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले विगत साढे तीन दशकमा राजनीतिक नेतृत्वले देशलाई सही दिशा दिन नसकेको भन्दै अब आत्मसमीक्षा र सुधार गर्नुपर्नेमा जोड दिएकी हुन्।
‘राजनीतिक विकृतिका विरुद्ध किशोर–किशोरी वा युवा (जेनजी) पुस्ता प्रतिकारमा उत्रनु सामान्य होइन,’ उनले लेखेकी छन्, ‘विगतलाई ढाकछोप गर्नु भन्दा कमजोरी स्वीकार गरेर सच्चिनु जरुरी छ।’
उनका अनुसार, सरकार र नेतृत्वबीच भएको रस्साकस्सी देश निर्माणतर्फ केन्द्रित भएको भए आज देशको अनुहार फेरिएको हुन्थ्यो। उनले भनिन्, “युवाको आक्रोशलाई नजरअन्दाज नगराैं, यो समयको आवाज हो।”

प्रतिकृया दिनुहोस्















