हेटौंडामा जेन–जी पुस्ताले आज भ्रष्टचारको विरोधमा प्रदर्शन गर्ने

हेटौंडा । सरकारले सामाजिक सञ्जाल प्लेटफर्महरु बन्द गरेको र भ्रष्टचारको विरोधमा जेन–जी पुस्ताले आज सोमबार हेटौंडामा प्रदर्शन गर्दै छन् । सरकारले गत साता फेसबुकसहितका २६ वटा सामाजिक सञ्जाल प्लेटफर्महरु बन्द गरेपछि यसले सबैभन्दा बढी प्रभावित जेन–जी पुस्ता भएको छ ।

सोसल मिडिया प्लेटफर्महरुमा सक्रिय रहँदै आएको यो पुस्ताले आज देशव्यापी रुपमा प्रर्दशन गर्ने तयारी अन्तगर्त हेटौंडामा पनि बृहत् आन्दोलनको तयारीमा जुटेको सामाजिक सञ्जालमार्फत् जानकारी सार्वजनिक गरेका छन् । हेटौंडामा जेन–जी पुस्ताको आन्दोलनको नेतृत्व गरिरहेका सागर लामिछानेका अनुसार मकवानपुर जिल्लाभरीका सबैजनालाई आव्हान गरिएको छ ।

उनका अनुसार प्रर्दशन उपमहानगरपालिकाको रोड हुँदै सानोपोखरा–हुप्रचौर हुँदै बुद्धचोकमा प्रर्दशन गरिने छ । प्रदर्शनमा मकवानपुर जिल्लाभरीका करिब एक हजार भन्दा धेरै युवाहरु सहभागी हुने उनले जानकारी दिए । लामिछानेले प्रदर्शनमा हुलदंगा नगरी सुरक्षाकर्मीहरुलाई सघाएर सभ्य रुपमा प्रदर्शन गरिने तयारी भएको बताए । भ्रष्टाचार न्यूनीकरणका लागि यो प्रर्दशनले सहयोग गर्ने उनको विश्वास छ ।

लामिछानेले प्रदर्शनमा कुनै दल निकट युवाहरुलाई सहभागी नहुन समेत आग्रह गरिएको छ । सन् १९९७ देखि २०१२ सम्ममा जन्मेका पुस्तालाई ‘जेनजी’ पुस्ता भनिन्छ । सामाजिक सञ्जालको एक्सेस बन्द गर्ने सरकारको निर्णयले अभिव्यक्ति स्वतन्त्रता सीमित हुने भएकाले नागरिकले आफ्ना विचार खुला रूपमा व्यक्त गर्न नपाउने भन्दै उनीहरुले सरकारविरुद्ध स्वतःस्फूर्त आन्दोलनको घोषणा गरेका हुन् ।

‘जेन–जी युवाहरु सडकमा’ भन्ने नाराका साथ भ्रष्टाचार, असमानता र सत्ताको दुरुपयोग विरुद्ध युवा पुस्ताले आन्दोलनको घोषणा गरेका हुन् । उक्त अभियानले सामाजिक सञ्जालमा नेता, सरकारी कर्मचारी, न्याय क्षेत्रका व्यक्तिहरूका सन्तानले सामाजिक सञ्जालमा राखेको सम्पन्न जीवनशैलीका तस्बिर र भिडियोहरु सार्वजनिक समेत गरिरहेका छन् । यो ट्रेन्ड विशेषगरी टिकटकमा भाइरल रहेको छ जसलाई ‘नेपो बेबी’ भनिएको छ ।

‘नेपोटिजम’को छोटकरीमा ‘नेपो’ भनिएको हो । ‘नेपो बेबी’ त्यस्ता बच्चाहरूलाई जनाइन्छ जसले आफ्ना परिवार वा शक्तिशाली नातागोताको कारण अवसर, सम्पत्ति, शक्ति, पद विरासतमा पाउँछन् । उनीहरुले खास मेहनतनै नगरी सामान्य व्यक्तिहरुभन्दा अधिक अवसर पाउने गर्दछन् । जेनजीको आन्दोलनलाई कन्टेन्ट क्रिएटर्सहरुले पनि साथ दिएका छन् । उनीहरुले विद्यार्थीलाई स्कूल ड्रेस र पुस्तक नै बोकेर सडकमा उत्रिन आव्हान गरेका छन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.