हेटौँडा । हेटौँडाकी एक बालिका आज बिहान मृत अवस्थामा भेटिएकी छन् । हेटौंडा–१९, पुलचोक टोल निवासी ९ वर्षीया प्रभा थिङ मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, ती बालिका हिजो भदौ १७ गते दिउँसो करिब ४ बजे आफ्नै घरबाट एक्लै निस्किएर बेपत्ता भएकी थिइन् । आफन्त तथा प्रहरीको खोजी कार्यको क्रममा आज बिहान ८ः१५ बजे घरदेखि करिब ७०० मिटर दक्षिणतर्फ रहेको राप्ती खोलाको पानीमा उनी मृत अवस्थामा भेटिएकी हुन् ।
घटनास्थलमा आवश्यक कानुनी प्रक्रिया पुरा गरी शवलाई पोस्टमार्टमका लागि हेटौँडा अस्पतालमा लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।
प्रतिकृया दिनुहोस्















