जेसीआई हेटौंडाद्वारा एक विद्यालयमा पोशाक वितरण

हेटौंडा । जेसीआई हेटौंडाले मकवानपुरको एक विद्यालयमा पोशाक वितरण गरेको छ । जेसीआईले शुक्रबार एक कार्यक्रमबीच हेटौंडा उपमहानगरपालिका वडा नं. १ भैरवडाँडा स्थित श्री भैरव आधारभूत विद्यालयमा पोशाक वितरण गरेको हो ।

प्रमुख अतिथि हेटौंडा १ नं. वडा अध्यक्ष सविन न्यौपाने र विशिष्ट अतिथि नेपाल जेसीसका राष्ट्रिय महासचिव तथा जेसीआई हेटौंडाका निवर्तमान अध्यक्ष सिनेटर विकेश लाल श्रेष्ठबाट विद्यालयका प्रधानाध्यापक हुद्धत बहादुर दलामी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विशाल सुनारलाई विद्यार्थीहरुका लागि ४३ सेट टि–सर्ट र ट्राउजर वितरण गरिएको कार्यक्रम संयोजक जेसी सृजन राज बज्राचार्यले जानकारी दिए ।

जेसीआई हेटौंडाका पूर्वअध्यक्ष सिनेटर राजदेव बानियाँले संगठनले विद्यालयमा पोशाक तथा शैक्षिक सामग्री वितरणलाई निरन्तरता दिने धारणा व्यक्त गरे । सैगरी विद्यालयका प्रधानाध्यापक दलामी र समितिका अध्यक्ष सुनारले पोशाक वितरणका लागि जेसीआई हेटौंडाप्रति आभार प्रकट गर्दै भविष्यमा पनि निरन्तर सहयोगको अपेक्षा व्यक्त गरे ।

राष्ट्रिय महासचिव श्रेष्ठले जेसीआईको सामाजिक उत्तरदायित्वबारे प्रकाश पार्दै यसले समाजमा उल्लेखनीय योगदान दिँदै आएको बताए । वडा अध्यक्ष न्यौपानेले जेसीआई हेटौंडाले राष्ट्रिय स्तरमै नेतृत्व क्षमता प्रदर्शन गर्न सफल भएको भन्दै संगठनको आगामी सफलताका लागि शुभकामना दिए ।

कार्यक्रमको सञ्चालन महासचिव जेसी संजय कुमार न्यौपानेले गरेका थिए भने स्वागत मन्तव्य कार्यकारीणी उपाध्यक्ष जेसी सन्तोष पराजुलीले प्रस्तुत गरेका थिए । कार्यक्रम जेसीआई हेटौंडा वर्ष २०२५ का शाखा अध्यक्ष सिनेटर पंकज दास बानियाँको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.