शिक्षा विधेयकविरुद्ध प्याब्सनको आन्दोलन, हेटौंडामा विद्यालय बस र्‍याली

मकवानपुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले प्रस्तावित शिक्षा विधेयक संशोधनको माग गर्दै शुक्रबार हेटौंडामा विद्यालय बससहित विरोध र्याली निकालेको छ।  प्याब्सन प्रदेशस्तरीय समितिको बिहीबार बसेको आन्दोलन तयारी बैठकको निर्णयअनुसार बिहान ११ बजे हुप्रचौरबाट सुरु भएको र्याली रजत जयन्ती सडक, सीमाचोक, बुद्धचोक हुँदै लोकप्रिय भोजनालय र मनकामना चोकसम्म परिक्रमा गरिएको थियो।

प्याब्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीका अनुसार शिक्षा विधेयकले निजी विद्यालयलाई एकतर्फी गैरनाफामूलक बनाउने प्रावधान गरेको भन्दै संशोधनको माग गरिएको हो । साथै, १० प्रतिशत छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिनुपर्ने र पूर्ण छात्रवृत्ति दिनुपर्ने व्यवस्था हटाउनुपर्ने मागसमेत अघि सारिएको छ।

यसअघि प्याब्सनले हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरलाई ज्ञापनपत्र बुझाइसकेको छ। माग सम्बोधन नभएसम्म विरोध कार्यक्रमलाई निरन्तरता दिने प्याब्सनले चेतावनी दिएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.