बागमतीका मुख्यमन्त्रीको प्रमुख स्वकीय सचिवमा पुडासैनी

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँको प्रमुख स्वकीय सचिवमा मिलन पुडासैनी नियुक्त भएका छन् । मुख्यमन्त्री बानियाँले बुधबार पुडासैनीलाई प्रमुख स्वकीय सचिवको जिम्मेवारी प्रदान गरेका हुन् ।

नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य रहेका पुडासैनीले यसअघि पनि बानियाँको स्वकीय सचिवालयमै रहेर काम गरिरहेका थिए । प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीहरुको पारिश्रमिक र सेवा सुविधा सम्बन्धी ऐन २०७५ मा प्रदेश मुख्यमन्त्रीले प्रदेश उपसचिव सरहका स्वकीय सचिवसहितको ८ जनाको सचिवालय कर्मचारी नियुक्त गर्नसक्ने व्यवस्था रहेको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.