लायन्स क्लबद्वारा वृद्धाश्रममा खीर खुवाइ तथा अक्षयकोषमा सहयोग

हेटौंडा । सामाजिक सेवामा क्रियाशील लायन्स क्लब अफ हेटौंडा स्मारकले हेटौंडा–२ मा रहेको ॐ वृद्धाश्रममा खीर खुवाउने तथा अक्षयकोषमा नगद सहयोग हस्तान्तरण गरेको छ।

बिहीबार एक कार्यक्रम बीच क्लबले श्रावणी पुर्णीमा तथा खीर खाने दिनको अवसरमा वृद्धाश्रमका २२ जना आमाबुवाहरुलाई खीर खुवाइएको हो । क्लबले वृद्धाश्रमको अक्षयकोषमा नगद २०,००० रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ।

कार्यक्रम संयोजक लायन सन्तोष संजेलका अनुसार लायन्स अन्तर्राष्ट्रिय संस्था अन्तर्गत क्रियाशील रहेको यस क्लबले विभिन्न सामाजिक कार्यमा निरन्तर सक्रियता जनाउँदै आएको छ। क्लबले यस्ता सेवामूलक कार्यमार्फत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आइरहेको जनाएको छ।

डिष्ट्रीक एक्जिक्युटिभ चिफ प्रल्हाद मिश्रको प्रमुख आतिथ्यता, डिस्ट्रिक एक्जिक्युटिभ को चिफ अञ्जन दहालको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा समाजसेवी तथा आश्रमका पूर्व अध्यक्ष बुद्धि प्रसाद पौडेल र क्लबका पदाधिकारी एवम् सदस्य लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम क्लब अध्यक्ष लायन जीवन छत्कुलीको सभाध्यक्षतामा सम्पन्न भयो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.